चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु

ताप्लेजुङ, २० चैत । जिल्लाको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । शनिबार बेलुका चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् । चट्याङ लागेपछि तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइएको र त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको…