काठमाडौँ, १६ चैत । हाल नेपालमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान प्रदेश–१ लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि…