ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

बैतडी, ७ चैत । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो…