भक्तपुर, ८ फागुन । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ मा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बा.४ ख.७३५२ नम्बरको टिप्परको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका–२ घर भएकी ८ वर्षीया विनिता मगरको मृत्यु भएको हो । शनिवार साँझ टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो…