आजको मौसम

काठमाडौँ, २१ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ । गएरातिदेखि नै पानी परिरहेको छ । आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ् र असिनासहित…