काठमाडौँ, २० माघ । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी वायू सक्रिय हुँदा वर्षा हुने भएको हो । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ…