विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

स्याङ्जा, ३ फागुन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो । स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता…