एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाली महिला टोलीले जित्यो

काठमाडौँ, १३ पौष । नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो । पहिलो सेटमा उज्वेकिस्तानले १८ अंकसम्म अग्रता लिएको थियो । सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा…