कञ्चनपुर, १८ मंसिर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमा नाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । “सीमा नाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको…