काठमाडौँ, ४ मंसिर । काठमाडौँ लगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौँ उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका छन् । कात्तिक अन्तिम सातादेखि प्रदूषणको मात्रा बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन…