काठमाडौँ, १७ मंसिर । ७ करोड रुपैयाँ ठगी गरेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका १६ घर भई सुनसरीस्थित अन्जनी हार्डवेयर एन्ड सप्लायर्स पसल सञ्चालन गर्दै आएका रतन ठाकुरलाई बानेश्वरबाट पक्राउ गरेको हो । ठाकुरलाई जिल्ला अदालत सुनसरीले पक्राउ गर्न अनुमति दिएको थियो…