पाँचथरमा बाढी र पहिरामा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, दुई स्वास्थ्यकर्मी बेपत्ता

पाँचथर, ४ कार्तिक । पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका– ५ कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । उक्त गाउँपालिका– १, २, ४ र ७ मा गरी थप छ जनाको…