दमौली, १ असोज । तनहुँको व्यास नगरपालिका(१ मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नामथर खुलेको छैन । दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन्…