काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि दिइने

काठमाडौँ, ९ भदौ । काठमाडौँमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । यसअघि स्वास्थ्य कार्यालय काठमाडौँले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको हो…