काठमाडौँ, २३ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्रहरू थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो । उहाँका अनुसार देशभरि नै पहिलेको भन्दा १ हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले २ हजार ९८९ खोप केन्द्र भएकोमा…