काठमाडौँ उपत्यकामा थप १,०७५ जनामा कोरोना पुष्टि

काठमाडौँ, २१ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,०७५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ गरी १,०७५ जनामा संक्रमण पुष्टि भएको हो । हाल काठमाडौँ उपत्यकामा १० हजार ६८ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा ७०८०, भक्तपुरमा १२९९ र ललितपुरमा १६८९ जना सक्रिय संक्रमित छन्।