काठमाडौँ, १९ जेठ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विज्ञानका अनुसार आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।…