बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

नवलपुर, ५ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा दुर्घटना हुदा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा…