टिप्परकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

काठमाडौँ, १५ चैत । कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार गएराति बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएको हो । पैदलयात्रीको परिचय खुल्न सकेको छैन । प्रहरीले टिप्पर चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।