ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

महोत्तरी, २८ चैत । महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज औरही नगरपालिका १ मा ‘अनटेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा त्यही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडीको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै खेतबाट काटेर राखेको गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका विजयको उपचारको लागि बर्दिबासमा…