मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

दमौली, १६ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२, बुल्दी पुलनजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छिन् । मृत्यु हुनेमा व्यास–२, मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने…