काठमाडौँ, २३ माघ । सप्तरी र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका वडानम्बर ६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२ज ४०४७ नम्बरको कारले स१०प २७३३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दीदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएका मोटरसाइकल चालक कृष्णसावरन…