सपनालाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौँ, ४ फागुन । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरललाई धमकी दिने विनयजङ्ग बस्नेत पक्राउ परेका छन् । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका बस्नेतविरुद्ध मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।…