काठमाडौँ, २९ मंसिर । ३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २४…