दैलेख, २३ कार्तिक । दैलेखको आठविस नगरपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका –१३ गुमानटारका ३० वर्षीय दीपेन्द्रकुमार घर्ती र वीरेन्द्रनगर नगरपालिका –३ एरीचोकका २० वर्षीया आरोशी पुलामी मगर रहेका छन् । खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र लागुऔषध भेटिएको थियो । झोलामा रहेको रातो रंगको…