पेस्तोल देखाउने र गोली प्रहार गर्ने प्रवृति बढ्दै

काठमाडौँ, २० मंसिर । भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहमाथि खाना खाँदै गर्दा गोली प्रहार भयो । गोली लागेर ढलेका उनी अस्पताल पु-याउनेबित्तिकै मृत घोषित भए । गाउँमा विभिन्न विषयमा छलफल हुँदा उनी फरक मत राख्थे, नाजायज कामको विरोध गर्थे । सोही क्रममा देवाही गोनाही नगरपालिका–१…