ज्येष्ठ नागरिकलाई दशैं कोसेली–वृद्धाभत्ता

ओखलढुङ्गा, १० कार्तिक । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका पैसाले हर्षले खुलेका ओठ । सुकेको जिब्रोबाट जबर्जस्त औँलामा थुक लगाउँदै पैसा गन्न व्यस्त अवस्थामा खिजीकातीका विमला तामाङ दशैंको मुखमा भत्ता पाउँदा दङ्ग हुनुहुथ्यो । उहाँले सामाजिक सुरक्षा भत्ता बुझ्न थालेको पनि २६ वर्ष भइसकेछ ।…