काठमाडौँ, २ माघ । दोलखाको खरिढुङ्गामा भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत भिमेश्वर–९ आहालडाँडामा बागमती प्रदेश ०६–००१ ज ०२८८ नं. को ईभी भ्यान दुर्घटना भएको हो । काठमाडौँबाट चरिकोट तर्फ जाँदै गरेको भ्यान तुसारोको कारण सडकमा चिप्लिएर भएको दुर्घटनामा दोलखा भिमेश्वर न.पा. ६ बस्ने…