मोरङ, १५ साउन । मोरङमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुढीगंगा गाउँपालिका-३ बाँसबारी चोकस्थित गुप्ता होटल र मिष्ठान पसल अगाडि टेन्ट लगाउने क्रममा विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमा छुन पुग्दा विराटनगर महानगरपालिका-११ बस्ने ३६ वर्षीय गोपाल कामतको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज…