काभ्रे, २३ जेठ । काभ्रेपलाञ्चोक जिल्लाका पाँच जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, काभ्रेले जनाएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । रोसी गाउँपालिकामा तीन, पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक गरी पाँच जनामा कोरोना सङ्क्रमण भेटिएको…