शहरबाट आएर होम क्वारेन्टाइनमा नबस्ने ३ जना पक्राउ

खोटाङ, १५ बैशाख । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो ।…