काठमाडौँ, २५ वैशाख । मादक पदार्थ (मापसे) गरेर एम्बुलेन्स चलाउँदा गौशलामा दुर्घटना भएको छ । बिहीबार दिउँसो बा८६ ६९२८ नम्बरको एम्बुलेन्सले बा १० च ८५१३ नम्बरको ग्राण्डी अस्पतालको कारलाई ठक्कर दिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनापछि चेकजाँचका क्रममा एम्बुलेन्स चालक मोरङ, पथरीका ३६ वर्षीय रामबहादुर चौधरीले मापसे गरेर सवारी चलाएको पाइएको छ…