आज २०७७ साल वैशाख २२ गते सोमबार, वैशाख शुक्ल पक्ष एकादशी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ…