काठमाडौँ, २१ वैशाख । झुलाघाट नाकाबाट बिहीबार एक हजार दुई सय ९९ जना भित्रिए । भारतको पिथौरागढ जिल्ला प्रशासनले ८ सय ३७ जना नेपाली क्वारेन्टाइनमा रहेको जानकारी बैतडी जिल्ला प्रशासनलाई गराएको थियो । तर भारतीय पक्षले उपलब्ध गराएको तथ्यांकभन्दा डेढी बढी आएकाले व्यवस्थापनमा समस्या भएको छ । ‘हामीले करिब नौ सयजना आउने अनुमान गरेका थियौं,’…