धनुषा, ७ बैशाख । प्रदेश २ सरकारले नेपाल-भारत सीमानाकामा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सीसीटीभी जडान गर्न लागेको हो । “नेपाल-भारत सीमानाकामा सीसीटीभी क्यामेरा जडानका लागि करिब रु पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो…