काठमाडौँ, ६ वैशाख । सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ । यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो ।…