गलकोट, ३० चैत । बागलुङ जिल्लामा शनिबार चट्याङले लागेर एक युवकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको शनिबार दिउँसो साढे ४ बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले…