वीरगञ्ज, १४ चैत । वीरगञ्ज छपकैयाबाट लकडाउनको मौका छोपी कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको मौका छोपेर कालोबजारी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका-१ छपकैयाका ५० वर्षीय जगनारायण पटेल पक्राउ परेका हुन् । कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट खटिएको टोलीले…