काठमाडौँ, १६ चैत । कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले नेपाली सेनाले कोभिड–१९ रेस्पोन्स यप नेपाल (covid-19 response App-nepal) नामक मोबाइल एप प्रयोगमा ल्याएको छ । सेनाले आज एक विज्ञप्ति जारी गर्दै उक्त मोबाइल एपबाट सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईमा कोभिड–१९ सम्बन्धी लक्षण देखिने विवरण पठाउन…