काठमाडौँ, २४ फागुन । नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई पक्राउ गरेको हो । भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान…