काठमाडौँ, २३ फागुन । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ । मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् । माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन् । कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह…