दुई एनसेल टावरमा आगजनी

मकवानपुर, १३ माघ । जिल्लाका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमाथि आगजनी भएको र आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । विप्लव समूहको संलग्नता आगनजी भएको अनुमान गरेको प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।