काठमाडौँ, १० माघ । आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हाे । अहिले यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना पनि नदेखिएको बताएका छन्…