ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ, ३१ वैशाख । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन् । बेरोजगार युवायुवतीलाई…