नागार्जुनको औषधि गोदाममा आगलागी

काठमाडौँ, ५  पौष । काठमाडौँको नागार्जुन नगरपालिका-४ सोल्टी दोबाटोमा आगलागी भएको छ । शुक्रबार अपरान्ह किटनाशक औषधिको गोदाममा आगलागी भएको हो । अहिले काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ र  आगलागीको कारणबारे हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।