काठमाडौँ, २ पौष । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ । फ्रान्सस्थित पेरिसमा मंगलबार आइएयुले पत्रकार सम्मेलन गर्दै सय वर्ष पुगेको अवसर तारा र ग्रहको नामाकरण गरेको हो । नाम छनोटको लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सुरेश भट्टराईको अध्यक्षतामा ५ सदस्यीय टोली बनाएको थियो…