ताप्लेजुङ, ३ मंसिर । ताप्लेजुङमा आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राऊ गरेको छ । सोमबार राति मादक पदार्थ सेवन गरी घरायसी बिबादमा भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्ने मैवाखोला गाउँपालिका-१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । छुरा प्रहारबाट…