गुल्मी, ११ मंसिर । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मंगलबार साँझ सत्यवती गाउँपालिका-३ ठुलो लुम्पेकमा लु १ ज २७८४ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मीटर तल खस्दा सत्यवति गाउँपालिका-२ थुम्काकी ६८ वर्षीया ललिती देवी सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका…