काठमाडौँ, १० असोज । राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बुधबार राति ४५ बालबालिकाको उद्धार गरेको हो। बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले राजधानीमा फैलिरहेको डेंगु र स्क्रब टाइफस रोगको जोखिममा सडक बालबालिका नपरून् भन्ने हेतुले उनीहरूको उद्धार गरिएको जानकारी दिए । ‘सडक बालबालिकाको उद्धार नियमित काम नै हो…