खोलाले बगाएर एकजना बेपत्ता

झापा, ९ असोज । झापामा खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । बुधबार दिउसो खोलामा नुहाउने क्रममा हडिया खोलाले बगाएर मेचीनगर नगरपालिका-१४ धाइजनका ४० वर्षीय कृष्णबहादुर सार्की बेपत्ता भएका हुन् । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।